Comments Add Comment

Advertisment

SKIP THIS

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

२६ माघ , काठमाडौ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो ।

बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेन ।

सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २ हजार ८ सय १३ दशमलव ४७ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.५१ अंकले घटेको छ ।

दिनभर भएक ४५ हजार ११२ कारोबारबाट २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार करोबार रकम ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै