Comments Add Comment

Advertisment

SKIP THIS

‘ए’ डिभिजन लिगमा दशौँ चरणका खेल आजदेखि

२८ माघ, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौँ चरणका खेल आज ९शुक्रबार०बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दिन दुई खेल हुनेछ ।

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)बीच प्रतिस्पर्धा हुनेछ । खेलमा दुबै टोलीलाई रेलिगेशनको चिन्ता छ। फ्रेन्ड्सले दशौँ खेलमा समेत जित निकाल्न नसके रेलिगेशनको थप दबाब झेल्नुपर्छ ।

प्रशिक्षक मृगेन्द्र मिश्रको भनाई मान्ने हो भने बीबीसीविरूद्वको खेलमा पराजित भए फ्रेन्डस ९९ प्रतिशत रेलिगेशनमा जानेछ ।बीबीसी भने फ्रेन्ड्सलाई पराजित गर्दै रेलिगेशन क्षेत्रमै पर्न चाहदैन । खेलमा दुबै टोलीलाई बिदेशी खेलाडीको साथ रहनेछ ।

फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन । बीबीसी ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । दिनको दोस्रो खेलमा साँझ पौने ५ बजे त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी जित निकाल्दै शीर्ष स्थानको मछिन्द्रलाई दबाब बढाउन चाहन्छ । जावलाखेल आर्मीलाई रोक्दै रेलिगेशनको दबाबबाट मुक्त हुन चाहन्छ । दुबै टोलीलाई केही राष्ट्रिय खेलाडीको साथ रहदा जावलाखेललाई थप बिदेशी खेलाडीले सहयोग पर्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै