Comments Add Comment

Advertisment

SKIP THIS

आत्मघाती गोल उपहार पाएको युभेन्ट्स सेमिफाइनलमा

२८ माघ, काठमाडौं । इटालीयन सिरी ए क्लब युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति घरेलु मैदानमा पाउलो डिबला र एक आत्माघाती गोल उपहार पाएको युभेन्ट्स सासुओलोलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अर्जेन्टिनी स्टार डिबलाले अग्रता दिलाए। हामेद जिनियरले गोल गर्दा भ्रमणकारी टोली बराबरी गर्न सफल भयो।  खेल सकिन दुई मिनेट अघि सासुओलोका रुआनले आत्माघाती गोल गर्दा युभेन्ट्स विजयी भयो।

अब फाइनल प्रवेशका लागि डबल लेगमा युभेन्ट्सले फिओरेन्टेनाको सामना गर्नेछ। अर्को सेमिफाइनलमा इन्टर मिलान र एसी मिलान भिड्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै