Comments Add Comment

Advertisment

SKIP THIS

के नेपालको संसदले एमसीसी पास गर्ला त ?

.(खिमराज गिरि)

अमेरिकी दक्षिण तथा मध्य एशियाली मामलासम्बन्धी सहायक बिदेश मन्त्री डोनाल्ड लुले नेपालका तीनै शिर्ष तहका नेतालाइ फोन गरेर एमसीसीका बारेमा कुराकानी गर्दा उहाँहरुको भनाइ :

देउवा “सरकार प्रतिबद्द छ हाम्रो पार्टीमा समस्या छैन”
दाहाल “चुनावसम्म पर्खिनुहोस न अनि हामी हेरौंला”
केपी ओली “सम्झौता कार्यान्वयन गर्ने दायित्व सरकारमा रहेकाहरुको हुन्छ , सत्ता गठबन्धन अहिले आफै तीनतिर फर्केको छ , सरकारको आधिकारिक धारणा खोइ त ?”

यस सम्बन्धमा लुले प्रचन्डलाइ दोहोरो नीति नलिनसमेत आग्रह गरे !

रहस्य : अहिले नेपालको राजनीतिलाइ फेरि एमसीसीले तरङीत गराएको छ । अदालतको परमादेशवाट बनेको यो गठजोड सरकारमा सम्मिलित दलहरुमा कांग्रेसको एमसीसीप्रतिको धारणा प्रस्ट छ भने माओबादीको धारणा कन्ट्रोभर्सीयल छ । उ अमेरिकासंग चिडिन पनि चाहन्न र जताततैवाट बिरोधका आवाजहरु गुन्जीरहंदा आसन्न निर्वाचनमा तिरष्कृत भइएला भन्ने डर पनि छ र परिमार्जनसहितको एमसीसी भनिराखेको अवस्था छ । उता एमालेको धारणा गठबन्धन त चारतिर फर्किएको छ भने अझै सरकारको आधिकारिक धारणा प्रष्ट नभएसम्म उसको नि किन टाउको दुखाइ । नेकपा एसको त झन पार्टीको टुङै छन तथापी केही बुंदा परिमार्जन अनि एमसीसी भनिराखेको छ ।

तर अमेरिकाले भने कुटनीतिकरुपमा नसकेपछि पछिल्ला दिनहरुमा धम्कीको भाषासमेत प्रयोग गरिराखेको अवस्थामा के फागुन १५ भित्रमा एमसीसी पास होला त ?

९८५११९२०८८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै