Comments Add Comment

Advertisment

SKIP THIS

अनुशासन बिर्सिंदै सशस्त्र प्रहरी, महानिरीक्षक आउँदा एआइजी नेताको घर

०१ फाल्गुण , काठमाडौं । सुरक्षा निकायमा सांगठनिक चेनअफ कमान्ड र अनुशासनलाई महत्वपूर्ण मानिन्छ। सुरक्षा निकायमा संगठन प्रमुख विदेश जाँदा वा फिर्ता हुँदा निमित्तको कार्यभार सम्हालेका कमान्डर बिदाइ र स्वागतका लागि विमास्थलसम्म पुग्ने पनि पुरानै प्रचलन हो।

सोही प्रचलनअनुसार विमानस्थलसम्म बिदाइ गर्न र स्वदेश फिर्ता हुँदा स्वागतका लागि निमित्तको कार्यभार सम्हालेका अघिकारी विमास्थल पुग्ने गरेका थिए । तर, सशस्त्र प्रहरी बलमा त्यस्तो देखिएन।

घाँटीको नशामा रगत जमेपछि उपचारका लागि भारतको नयाँ दिल्ली गएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल बुधबार स्वदेश फिर्ता हुँदा निमित्त संगठन प्रमुखको जिम्मेवारी सम्हालेका अतिरिक्त सशस्त्र महानिरीक्षक पुष्पराम केसी विमानस्थलमा देखिएनन्।

उनी विमानस्थल नगएपछि अहिले सशस्त्र प्रहरीभित्र र गृह मन्त्रालयमासमेत यसको चर्चा भइरहेको छ। संगठनको काम व्यस्त भएरभन्दा पनि उनी आफ्नो पदका लागि दौडधुपमा भएको हुँदा विमानस्थल नगएको बताइएको छ।

एआइजी केसीले सुरक्षा संगठनको मर्यादा र अनुशासन विपरित काम गरेको बताउदै गृह मन्त्रालयका अधिकारीका अनुसार महानिरीक्षक आउँदा एआइजी केसी कुनै राजनीतिक नेताको घरमा पुगेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै