१ फागुन, काठमाडौं । सरकारले कच्चा दुधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ बढाएपछि राष्ट्रिय उपभोक्ता मञ्चले विरोध गरेको छ ।
मन्त्रीपरिषद् बैठकले किसानले पाउने दुधको मूल्य बढाएर प्रतिलिटर ५६.०४ रुपैयाँ पुयाएपछि मञ्चले विरोध गरेको हो । मञ्चले भनेको छ, ‘किसानले बिक्रि गर्ने दूधको मूल्य बढाएको भनिएपनि पुरानै समर्थन मूल्य नपाएको स्थिती छ । यो निर्णयले किसान र उपभोक्ता दुवैलाई झुक्याइएको छ ।’ सरकारको उक्त निर्णयपछि उपभोक्ता मूल्य ९ रपैयाँले बढेको र सो निर्णयबाट उपभोक्ताले मार खेप्नुपर्ने जनाएको छ ।
दुग्ध विकास संस्थानले बढाएको उपभोक्ता मूल्य वदनियतपूर्ण र गैह्रजिम्मेवारपूर्ण रहेकाले तत्काल सच्याउन मञ्चले माग गरेको छ । ‘सरकारले बढाएको मूल्यले नपुगेर डेरी उद्योग संघ र डेरी एसोसिएशनले उपभोक्ता मूल्यमा थप १ रपैयाँ बढाएका छन् ।’
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, यो विषयलाई सरकारले गम्भीरताका साथ लिएर स्थापित नियम कानून तथा उपभोक्ता हित विपरित काम गर्ने उद्योगी व्यवसायी माथि कानूनी कारबाही गर्न महर्जनले माग गरेका छन् ।




