Comments Add Comment

Advertisment

SKIP THIS

हातहतियारसहित ३ जना पक्राउ

१८ फागुन, काठमाण्डौं । प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट विभिनन् हातहतियार सहित तीन जनालाई पक्राउ​ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् ।

उनीहरुको साथबाट मेड इन युएसए लेखेको एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्यागाजिन, ९ राउण्ड गोली, एक थान खुडा र दुई थान नोक बरामद गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगन्जबाट राप्ती नदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा हातहतियार सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment