०३ फाल्गुन , काठमाडौं । सर्लाहीमा लागुऔषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको कौडेना गा.पा.२ बस्ने रामबालक राउतको छोरा बर्ष २४ को बिकास राउत रहेका छन् ।
बिष्णु गा.पा.२ स्थित नदिया पकडी जाने बाटोमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जादै गरेको BR30W5464 नं.को मोटरसाइकलको पछाडी सेतो बोराभित्र लुकाई-छिपाई गरी लादै गरेको १० किलो लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको हो ।
लागुऔषध गाँजा सहित पक्राउ परेका राउतको प्रहरी कार्यालय सर्लाहीबाट थप अनुसन्धान कार्य भई रहेको बताए ।


