२८ असार ,काठमाडौ । अहिले सामाजिक सञ्जालमा नारायणघाट-मुग्लिङ सडक खण्डमा पहिरो खस्यो । बस हरायो । घटना दुःखद छ । यो घटनालाई झनै तनाव दिने खालको तस्बिर अहिले सामाजिक सञ्जालमा यत्रतत्र छरिएको छ ।
तस्बिरमा ठूलो पहिरो खसेको छ । गाडीहरू खसेका छन् । नखसेका गाडीहरू फसेका छन् । केहि एक्स्काभेटर देखिएका छन् । केहि उद्धारक देखिएका छन् ।
यो ताजा तस्बिर पनि होइन । यो सन २०२२ डिसेम्बरको तस्बिर हो । राजमार्गमा पहिरो खस्दा २७ जनाको ज्यान गएको थियो । यसबारेमा विभिन्न विश्व मिडियामा समाचार आइसकेको छन् । हाम्रो छिमेकी भारतमा पनि यो समाचार चर्चित भएको थियो ।
यो समाचार कतारी विश्व च्यानल र अलजजिरामा पनि प्रकाशन भएको थियो । अलजजिराले यही तस्बिर प्रकाशन गरेको थियो । तर, तस्बिरको कोण भने फरक थियो । अस्ट्रेलियाको प्रशारक एबीसीले पनि कोलम्बियाको राजमार्गमा पहिरो खसेको समाचार प्रकाशन गरेको थियो । तस्बिर अहिले भाइरलवाला नै प्रकाशन गरेको थियो ।
खैर, यो तस्बिर फेक हो । यो तस्बिर सेयर गरेर पहिरोमा परेकाहरूका आफन्त तथा परिवारजनहरूलाई थप तनावमा नपारौँ ।







