मुग्लिङमा ट्रक र माइक्रो बस ठोक्किदा ६ जना घाइते -
Comments Add Comment

Advertisment

SKIP THIS

मुग्लिङमा ट्रक र माइक्रो बस ठोक्किदा ६ जना घाइते

१२ असार , काठमाडौ । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिकै १ नम्बर पुलमा माइक्रो बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । केही बेर अघि करिब ५ बजेतिर उक्त दुर्घटना भएको हो ।

काठमाडौंबाट प्रगतिनगर नवलपुर जाँदै गरेको प्रदेश ०३-१-००५ ख ९४९५ नम्बरको हायस माइक्रो र नवलपुर बाट सिमेन्ट लिएर काठमाडौ आउदै गरेको ना ८ ख ५६५५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि माइक्रो चालक सहित माइक्रोमा सवार आधा दर्जन यात्रु घाइते भएको छ । घाइतेहरुको उद्वार गरि उपचारका लागि भरतपुर पठाइएको छ भने दुर्घटनाका कारण सडक एकतर्फी भएको छ । साथै घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment