Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागूऔषध बरामद

४ फागुन , काठमाडौ । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका-३ स्थित सीमा ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले ठूलो मात्रामा विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ब्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल बिओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलाभित्र जाँच गर्दा नोफिन ईन्जेक्सन ४ सय ३८ वटा, डाईजापाम २ सय ४३ वटा, फेनेरागन ४ सय ४७ वटा र डाईजेल्याप १ सय ५८ वटा फेला पारेको हो ।

बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै