Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीमा ३ एआईजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा

४ फागुन , काठमाडौ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ओएण्डएम गरेर सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छ ।

सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेमा प्रहरीमा एआईजीको संख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् । मन्त्रिपरिषद्मा पेश गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा एआईजी राख्न प्रस्ताव गरिएको छ ।

अहिले मानवस्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ पनि एआईजी राख्न प्रस्ताव गरिएको छ । दरबन्दी थप भएसँगै बढुवा हुने ३ जना एआईजीहरुले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेल र सहकुल थापासँग प्रतिस्पर्धा गर्नेछन् । अहिलेका आईजीपी शैलेश थापा क्षेत्री २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment