Comments Add Comment

Advertisment

SKIP THIS

फिल्म निर्देशक रेशराज आचार्यको निधन

५ फागुन, काठमाण्डौं । वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । निर्देशक आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । एक वर्षदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो । आचार्यको बिहीबार बिहान पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कार गरिएको छ ।

आचार्यको २०४४ मा रिलिज भएको फिल्म ‘तिलहरि’ बाट निर्देशन होमिएका थिए । त्यसपछि ‘प्रीतिको फूल’ लगायत केही फिल्म निर्देशन गरेका आचार्यको ‘स्मृति’ नामक टेलिसिरियल हिट मानिएको छ ।

आचार्यका श्रीमती र एक छोरा फ्रान्समा बसोबास गर्दै आएका छन् । आचार्यको निधनमा निर्देशक समाजले १३ औं दिन कार्यक्रम आयोजना गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment