Comments Add Comment

Advertisment

SKIP THIS

नशा तथा हाडजोर्नी विशेषज्ञ सम्मेलन चितवनमा

५ फागुन, काठमाण्डौं । देशभरका अर्थोपेडिक सर्जनहरूको छाता सङ्गठन नेपाल अर्थोपेडिक एशोसिएशनको २७ औँ वार्षिक सम्मेलन यहाँ सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा सात विदेशीसहित एक सय भन्दा बढी अनुसन्धान र शोधपत्र प्रस्तुत गरिँदैछ ।

सम्मेलनमा ९० अर्थोपेडिक सर्जन सहभागी छन् भने पाँच सय हाराहारी स्वदेश र विदेशका विज्ञहरुले जुममार्फत् कार्यक्रममा सहभागी हुने भएका छन् । एशोसिएसनका केन्द्रीय अध्यक्ष डा.रवीन्द्रलाल प्रधान, पूर्व अध्यक्ष डा.दीपक महरा, केन्द्रीय महासचिव डा.विनोद शेरचन, साइन्टिफिक कमिटीका संयोजक डा .शैलज रञ्जितकार, आयोजक समितिका अध्यक्ष एवं एशोसिएसनका चितवन अध्यक्ष डा.सुरेश पाण्डे, आयोजक समितिका सदस्य सचिव डा.प्रमोद लामिछाने लगायतले बोलेका थिए ।

सदस्य सचिव डा.लामिछानेले कार्यक्रमले अर्थोपेडिक विधामा प्रदान गरिने सेवाको स्तर देशभरका सम्पूर्ण अस्पतालमार्फत वृद्धि गर्न बौद्धिक सहयोग पुग्ने अपेक्षा गरिएको बताए । अनुसन्धानबाट पत्ता लागेका निष्कर्ष र शोधपत्रको प्रस्तुतिकरण र छलफलले चिकित्सकलाई आउँदा दिनमा काम गर्न सहयोग पुग्ने उनको भनाइ छ । राष्ट्रियस्तरको सम्मेलन जिल्लामा हुँदै गर्दा यहाँका चिकित्सक थप लाभान्वित हुने जनाउँदै उनले हरेक वर्ष यस खालको कार्यक्रम गरिँदै आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै