Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसीको रापमा राजनीति : निर्णायक वार्तामा गठबन्धन

०६ फाल्गुन , काठमाडौं । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गर्ने तयारीमा सरकार जुटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग अहिले सरकारी निवास बालुवाटारमा निर्णायक वार्ता गर्दैछन्।

बिहीबार रातिसम्म सत्ता गठबन्धन र विपक्षी दलका नेतासँग छलफल गरेका देउवाले एमसीसीलाई अगाडि बढाउन शुक्रबार सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफल सुरु गरेका हुन्।

दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक अघि नै एमसीसी संसदमा पेश गर्ने वातावरण तयार गर्नेगरी देउवाले गठबन्धनका नेतासँग निर्णायक छलफल थालेका हुन्।

देउवाले सत्ता गठबन्धनका नेतासँग बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दैछन्। बिहीबार साँझ भएको छलफलमा सत्ता गठबन्धनमा सहमति जुट्न नसकेपछि शुक्रबार बिहानका लागि छलफल तय भएको हो।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेता सहभागी हुँदैछन्।

गठबन्धन बैठक अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमा एसका अध्यक्ष माधव नेपाल र  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसमेत सहभागी छन् ।

सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले संसदबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवा यसलाई संसदमा पेश गर्नुपर्नेमा दबाबमा छन्।

फागुन ४ गतेको संसद बैठकमा एमसीसी पेश हुन नसकेपछि बैठक शुक्रबारको लागि तय भएको थियो। संसदको दशौँ अधिवेशनको पाँचौँ बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै