Comments Add Comment

Advertisment

SKIP THIS

सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्यूरोको चेतावनी

२४ जेठ , काठमाडौ । नेपाल प्रहरीले सामाजिक सञ्जाल दुरुपयोग गर्दै अमर्यादित कार्य गर्ने तथा चरित्र हत्या गर्ने कार्य नरोकिएको जनाउँदै त्यस्ता गतिविधि नगर्नरनगराउन सचेत गराएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार एक नोट जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्नेलाई विद्युतिय कारोवार ऐन, २०६२ अन्तर्गत कारबाही हुने चेतावनी दिएको हो ।

‘कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेका छन्‌ । हालको बन्दाबन्दी, संक्रमणकालीन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरू नगर्न नगराउन हुन अनुरोध छ’ सूचनामा भनिएको छ ।

हेर्नुहोस् सूचना; 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment