Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षक माघ महिनाको सर्वोत्कृष्ट प्रहरी

०६ फाल्गुन , काठमाडौं । इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर दरबन्दी भई अनुसन्धान समूह (RIT) मा कार्यरत प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नम्वर-७ स्थित उखु बारीमा दुई वटा मृत लाश र जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्वर-१२ स्थित गोदाम घरमा गाडेको अवस्थामा अर्को मृत लाश समेत उत्खनन् गरी घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरी उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय रंगेली, मोरङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूह (RIT) मा कार्यरत प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरीलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क” स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै