Comments Add Comment

Advertisment

SKIP THIS

घर फोडेर सुन र नगद चोरी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई किशोरलाई पक्राउ

भक्तपुर: घर फोडेर सुन र नगद चोरी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई किशोरलाई पक्राउ गरेको छ।

चाँगुनारायण नगरपालिका वडा नम्बर- ३ स्थित भुवन खत्रीको घरको दराज फुटाएर सुन र नगद चोरी गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्त पाठकले जानकारी दिए।

पक्राउ पर्नेमा ओखलढुंगा घर हाल काठमाडौँको टेकुमा डेरागरी बस्ने १९ वर्षीय राजेश भुजेल र काभ्रेको बनेपा नगरपालिका- ६ बस्ने १८ वर्षीय समिर श्रेष्ठ छन्।

उनीहरुको साथबाट प्रहरीले लाखौँ मूल्य पर्ने आठ प्रकारका सुनको गहना बरामद गरेको छ।

उनीहरुको साथबाट ३ थान सुनको चुरा, १ थान चन्द्रमा, एक थान औँठी, एक थान नेक्लेस, कानमा लगाउने मुन्द्रा, तिलहरी एक थान, पुतली एक थान, रानीहार एकथान, चाँदीको पाउजु एक जोर, नगद एक हजारा २ सय रुपैयाँ र ढोका तथा दराजको ताल्चा फुटाउन प्रयोग हुने फलामको छिनो एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो सबा चार बजे उनीहरुले घरमा कोही नभएको मौकामा ढोका फुटाएर भित्र प्रवेश गरी दराज फोडेर सुनका गहना चोरी गरेका प्रहरीले जनाएको छ।

चोरी गरेर भाग्दै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामै उनहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखेर घटनाको अनुसन्धान अघि बढाइएको डीएसपी पाठकले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै