Comments Add Comment

Advertisment

SKIP THIS

अनैतिक सम्बन्ध राख्ने पुरुषसंग मिलेर श्रीमानको हत्या

८ फागुन, काठमाडौं । दाङमा परपुरुषसंग मिलेर श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ । परपुरुषसंगको अनैतिक सम्बन्ध श्रीमानले थाहा पाएपछि राप्ती गाउँपालिका ३ वसन्तपुर बस्ने अन्दाजी ५४ बर्षिय लप्टेन चौधरीकी हत्या गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा श्रीमती ५० बर्षिया उमादेवी चौंधरी र सोहि वडाको मसुरिया बस्ने ५२ बर्षिय हनुमान चांैधरीलाई पक्राउ गरेर अनुसन्धान थालिको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । गत बिहीबार बेलुकी छ बजेतिर राप्ती नदी किनारामा मृत भेटिएका चौधरीको ’दयगतमा अनुसन्धान गर्दै जाँदा उनीहरुले योजनाबद्ध तरिकाले हत्या गरी फालेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मृतक चौधरीकी श्रीमतीले फागुन १ गते बिहान साढे छ बजे घरबाट काम गर्न जान्छु भनेर गएका श्रीमान सम्पर्कमा बिहीन भएको भन्दै खोजी कार्यका लागि बिहीबार नै प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन ।

सोहि घटनाको अनुसन्धान गर्ने क्रममा श्रीमान श्रीमती विचको सम्बन्ध राम्रो नभएको हुँदा परपुरुषसंग मिलेर श्रीमानको हत्या गरेको खुलेको प्रहरीले बताएको छ । श्रीमतीले हनुमान चौधरीसंग अनैतिक सम्बन्ध राखेको थाहापाएपछि श्रीमानले श्रीमतीलाई कुटपिट गेपछि मार्ने योजना अनुसार हत्या गरिएको प्रहरीले बताएको छ ।

मृतक चौंधरीले आफु माथी कुटपिट गरेको कुरा परपुरुषलाई जानकारी गराएपछि आरोपित चौधरी राती १० बजे कोठामा आएर चौधरीको हत्या गरी सोही दिन राति नै राप्ती नदीको किनारामा लगेर फालेको अनुसन्धानबाट खुलेको डिएसपी रिजालले बताए ।

प्रहरीको मुचुल्कामा रक्सी सेवन गरेर लठ्ठ परेर सुतेका श्रीमानको कोठाको ढोका खुल्लै राखेर उमादेवी १२ बर्षकी छोरीलाई अर्को कोठामा लिएर सुत्न गएको र राती १० बजे आरोपित चौधरी गएर छातीमा हानेर छट्पटाउन थालेपछि घाँटी थिचेर हत्या गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै