Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसी टेबल गर्न तयार नभए सभामुख सापकोटाविरुद्ध महाअभियोग दर्ता गर्ने तयारी

०८ फागुन , काठमाडौं । सत्ता गठबन्धनमा सहमति नजुटे प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन भत्काउने मनस्थिती बनाएका छन् । साथै उनले माओवादी केन्द्रका सभामुख अग्नि सापकोटालाई हटाउनेसम्मको तयारी गरेका छन् ।

आइतबारको सत्ता गठबन्धनको बैठकलाई देउवाले निर्णायक भनेका छन् । अनि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको सत्ता सहयात्रामा पूर्णविराम लगाउने निर्णयमा पनि देउवा पुगेका छन् ।

यस्तै एमसीसी टेबल गर्न तयार नभए माओवादी केन्द्रका सबै मन्त्रीलाई तत्काल बर्खास्त गरेर सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा बालुवाटार छ ।

‘एमसीसी टेबल गर्न सहमति नभए माओवादीकै मन्त्री बर्खास्त गर्ने, सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने अवस्था आउन सक्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘माओवादीको ढुलमुले पारा अब चल्दैन । तत्कालै निर्णायक तहमा वार्ता टुंग्याएर एमसीसी आज जसरी पनि टेबल गरिन्छ ।’

एमसीसी टेबल गर्न कांग्रेस, एमाले, नेकपा एकिकृत समाजवादी तयार छन् । तर माओवादी अध्यक्ष प्रचण्ड मात्रै तयार देखिएका छैनन । आजको सत्ता गठबन्धन प्रचण्डविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै