९ फागुन, काठमाण्डौं । रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार इँटा लिएर रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्प जाँदै गरेको लु १ ख १७८७ नम्बरको टिप्पर लुङग्री गाउँपालिका–२ जलुके भनन्े स्थानमा दुर्घटना हुँदा सोहि गाउँपालिका –२ सिर्प बस्ने ३७ वर्षिय अमृत बहादुर वलीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परि घाइते भएका टिप्पर चालक दाङको राप्ती गाउँपालिका –३ का ४३ वर्षिय दिपक केसीलाई उपचार लागि बुटवल ल्याइएको छ। सडकबाट अन्दाजी १५० तल खसेको थियो ।


