११ फागुन , काठमाडौं । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादव माघ महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।

इन्स्पेक्टर यादवले विभागिय मूल्यरमान्यता, आदेशरनिर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्दै फुङलिङ बजारमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा महवपूर्ण भूमिका निर्वाह गरेका छन् ।

साथै जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कार्यमा समेत चुस्त दुरुस्तका साथ प्रहरी परिचालन गरि उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको अपेक्षा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्न इन्स्पेक्टर यादवलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बाल नरसिहं राणाले जानकारी दिए ।


