Comments Add Comment

Advertisment

SKIP THIS

‘झिल्केले म्वाई खाला’ बोलको नयाँ गीत सार्वजनिक

११ फागुन, काठमाण्डौं । गायक डिजराज पौडेलको ुझिल्केले म्वाई खालाु बोलको नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल मार्फत् बजारमा आएको गीतमा शब्द सानु तिवारीको रहेको छ। गीतमा स्वर र संगीत डिजराज पौडेलको छ भने एरेन्ज एनबि चाम्लिङको रहेको छ।

गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन्। गीतमा आर्यन राई र सिम्रन कार्कीको अभिनय देख्न सकिन्छ। गायक पौडेलका ुतिमी आउने बाटोमाु, सुनैको दर्बार, चौका परेपछि, तिमी करोडमा म त रोडमा, चाइना घुमौँला मोटर गाडीमा जस्ता गीतहरु लोकप्रिय रहेका छन्।
पौडेलले फरक जनराको भए पनि झिल्केले म्वाई खाला गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै