Comments Add Comment

Advertisment

SKIP THIS

जलहरीका बारेमा प्रधानमन्त्री प्रचण्डले बोल्ने सहमति, अब संसद् चल्ने

१३ जेठ, काठमाडौ । पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शीर्ष नेतासँग भएको छलफलमा जलहरी प्रकरणबारे प्रधानमन्त्रीले संसदमा बोल्ने सहमति भएको हो। सो सहमतिसँगै अवरुद्ध संसद् खुल्ने भएको छ।

भ्रम सिर्जना हुने गरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसद्को रेकर्डबाट हटाइने छ र यसलाई गलत भनेरै जानुपर्छ भन्नेमा तीन शीर्ष नेताबीच सहमति भएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘सो सहमतिसँगै आज संसद् खुल्ने भएको छ।’

पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै लिएर आरोप लगाए पछि एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment