Comments Add Comment

Advertisment

SKIP THIS

चोरीएको मोटरसाईकल ट्राफिक प्रहरीको नियन्त्रणमा

१२ फागुन , काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले रामेछाप सुनापाती गाउँपालिका घर भई काठमाण्डौं बस्ने वर्ष २३ को आर्टी तामाङ्गलाई बनेपाको भिमसेन मन्दिरबाट हराएको बा.प्र.०२,०१७ प ७७२४ नम्वरको कालो, रातो रङको २२० सी.सी. को पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । वास्तविक नम्बर प्रदेश ३-०२, ००४ प ९५९८ खुल्न आएको सो मोटरसाईकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ । निज सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिसकेको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी ईलाका प्रहरी कार्यालय बनेपा पठाइएको महाशाखाले जानकारी दिएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment