Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेन आक्रमणपछि रुसमाथि अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा

१३ फागुन , काठमाडौं । रुसले युक्रेनमाथि सैन्य हमला गरेको विरोधमा अमेरिकाले रुसमाथि कडा प्रतिबन्धहरूको घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ प्रतिबन्धको घोषणा गरेको भ्वाईस अफ अमेरिकाले जनाएको छ। नयाँ प्रतिबन्धको घोषणा गर्दै राष्ट्रपति बाइडेनले रुसी आक्रामकता अनुत्तरित हुन नसक्ने र अमेरिका स्वतन्त्रताको पक्षमा उभिने बताएका छन्।

बाइडेनले घोषणा गरेको नयाँ प्रतिबन्ध रूसी बैंकहरू, धनाढ्यहरू, प्रविधिको क्षेत्र, निर्यात लगायत क्षेत्रहरू समावेश रहेको जनाइएको छ। अमेरिकी प्रतिबन्ध रुसको अर्थतन्त्रको रणनीतिक क्षेत्रहरूमा लक्षित गरिएको र नयाँ प्रतिबन्धले रुसको वित्त तथा प्रविधिको क्षेत्रको क्षमता र पहुँच खुम्चाउने लक्ष्य लिएको छ।

अमेरिकासँगै अमेरिकी साझेदार देशहरू र नेटो आबद्ध देशहरू बेलायत, युरोपेली संघ, क्यानाडा, जापान, कोरिया लगायत देशहरूले समेत रुसमाथि थप प्रतिबन्धहरू लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै