Comments Add Comment

Advertisment

SKIP THIS

सवारी दुर्घटनामा परेका भेरीगंगा – १ का वडा अध्यक्ष कार्कीको निधन

१४ फागुन , काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ ।

सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राति साढे १० बजे काठमाडौँको न्युरो अस्पतालमा निधन भएको हो ।

फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिदाँ वडा अध्यक्ष कार्कीसहित स्थानीय भुपेन्द्र शाही घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेको कार्कीको कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

कार्की माओवादी केन्द्रबाट २०७४ सालमा वडा अध्यक्षमा विजयी भएका थिए । उनी भेरीगंगा नगरपालिकाका पार्टी सचिवसमेत रहेको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै