Comments Add Comment

Advertisment

SKIP THIS

स्वास्थ्य मन्त्री खतिवडा र मुख्यसचिव वैरागीले अङ्ग दान गर्ने घोषणा

१५ फागुन, काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकार मुख्यसचिव शंकरदास वैरागीले अङ्ग दान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव वैरागीले मुत्यापश्चात् अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।

मन्त्री खतिवडाले भने, ‘मैले अङ्ग दान गर्ने घोषणा गरेँ, त्यसको लागि मालपोत कार्यालयमा कहाँ कहाँ ल्याप्चे लगाउँछन्, सही गराउँछन् त्यस्तै मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनु होला । चुनौतीले अवसर दिन्छ भनेजस्तै हामीलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुनको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरू पुर्‍याउन, स्वास्थ्य सामग्रीहरू पुर्‍याउन, अनेकौँ ढङ्गबाट भौतिक संरचनाहरू निर्माण गर्न, स्वास्थ्यमा थप जनशक्तिको आवश्यकता छ भनन्े कुरातर्फ ध्यान आकर्षण गराउन, यी हरेक क्षेत्रमा यो बीचको केही अवधिमा निकै राम्रो प्रगति गरेका छौँ । प्रगति गर्ने क्रममा नै छौँ ।’

त्यस्तै नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले आफू अङ्ग दान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वैच्छिक धारणाहरू सार्वजनिक गर्ने बताए । उनले नेपालले विगत दुई वर्ष यता स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको क्षेत्रमा उल्लेख्य फड्को मारेको बताए । मुख्यसचिव वैरागीले स्वास्थ्य सेवालाई उचाइमा पुर्‍याउन खुला, पारदर्शी, व्यवस्थित ढङ्गबाट छलफल गरेर सरकारले धानन् र बोक्न सक्नेसम्मको सेवा सुविधा बिस्तार गर्नेदेखि ऐन, कानुन मिलाउने कुराहरूमा आफ्नो प्रत्यक्ष भूमिका रहने पनि बताए ।

मुख्यसचिव वैरागीले भने,जनशक्ति र पूर्वाधार विकासमा उल्लेख्य फड्को मार्न सक्छौँ । यो स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मचारीको समायोजनदेखि लिएर यहाँ जति पनि विषयहरू उठे त्यसको विषयमा समीक्षा गर्नको लागि आज नै स्वास्थ्य मन्त्रालयका सचिवज्यूको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय लगायतका मन्त्रालयहरूको टोली प्रतिनिधित्व रहने गरी काम गर्ने प्रबन्ध मिलाउनेछु ।

स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मचारीको समायोजन लगायतका विषयहरूमा समीक्षा गर्नको लागि प्रधानमन्त्रीको कार्यालय, अर्थ, स्वास्थ्य, कानुन मन्त्रालयको प्रतिनिधित्व रहनेगरि काम गर्ने प्रबन्ध मिलाउने प्रतिबद्धतासमेत जनाए । यस वर्ष सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिबद्धता भन्ने मूल नारासहित स्वास्थ्य सेवा दिवस मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै