Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसीको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त

१५ फागुन , काठमाडौं । एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले बानेश्वर वरपर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। उनीहरुले एमसीसी राष्ट्रघाती भन्दै कुनै पनि हिसाबले अनुमोदन गर्न नहुने भन्दै चर्को नाराबाजी गरिरहेका छन्।

प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भइरहेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज समेत गरेको छ।

आक्रोशमा आएर उनीहरुले प्रहरीमाथि पानीका बोतल तथा ढुंगामुढा प्रहार गरिरहेका छन्। प्रदर्शनकारीलाई तितरवितर गर्न प्रहरीले पानीको फोहरासमेत हानेको छ। प्रदर्शनमा स्कुले बालबालिकाहरु पनि सहभागी छन्। बानेश्वर क्षेत्रमा सुरक्षाकर्मी हाइअलर्टमा छन्।

प्रदर्शनमा सत्तारुढ दलकै कार्यकर्ताहरु परिचालन भएका छन्।

एमसीसीमाथि छलफल गर्न आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै