Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीको महाशिवरात्री बिशेष ट्राफिक व्यवस्थापन :यसरी हुदैंछ ट्राफिक व्यबस्थापन”

काठमाडौ, १६ फाल्गुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । ‘महाशिबरात्री पर्ब–बिशेष ट्राफिक व्यवस्थापन योजना’ बमोजिमको सम्पुर्ण तयारी पुरा गरि सो अबधीभर खटिने प्रहरी अधिकृत तथा अन्य खटिने कमाण्डरहरुलाई ट्राफिक प्रहरीको भुमिका, ट्राफिक व्यबस्थापन गर्दा भक्तजन तथा दर्शनार्थीसँग गर्ने व्यबहार र पार्किङ्ग क्षेत्रमा गर्नुपर्ने सहजीकरणका बारेमा ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले ब्रिफिङ्ग गर्नुका साथै आबश्यक निर्देशन समेत दिनुभएको छ ।

पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रबन्ध मिलाएको छ । धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उहाँहरुको सुबिधाका लागी निर्बाध आवतजावतको ब्यबस्था मिलाईएको छ भने गौशाला क्षेत्र आसपासमा छुट्टा छुट्टै स्थानमा पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अन्य नियमित दिनझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरुको भिडभाड अत्याधिक भई सवारी संचालनमा समस्या हुने अबस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई बैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाईने महाशाखाका प्रमुख एसएसपी जोशीले बताउनु भयो ।

ट्राफिक महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अबस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमति करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरुलाई सो खण्डमा निषेध गरि डाईभर्सनको प्रबन्ध मिलाइने समेत बताउनु भयो ।

महाशिबरात्री पर्व अबधीभरको ट्राफिक व्यवस्थापनलाई व्यबस्थित एव प्रभावकारी बनाउनको लागी करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुने समेत जानकारी दिनुभयो ।

ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै