Comments Add Comment

Advertisment

SKIP THIS

काठ चोरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई वनका कर्मचारीले त्यसै छाडे

१७ फागुन , काठमाडौं । चोरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर वन कार्यालमा बुझाए पनि वनका कर्मचारीले त्यसै छाडिदिएका छन् । प्रहरीले अवैध काठसहित पक्राउ गरी वन कार्यालयलाई बुझाएको थियो तर वन कार्यालयले अनुसन्धान नै नगरिकन छाडिदिएको छ । प्रहरीले उदयपुरको बेलका नगरपालिका–२ स्थित गिदेरी खोलाबाट काठसहित एक व्यक्तिलाई पक्राउ गरी सब डिभिजन वन कार्यालय तपेश्वरीमा बुझाएको थियो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले सोमबार सप्तकोसी सामुदायिक वन समूहभित्र अवैध रुपमा रुख काटिएको बेला उनलाई पक्राउ गरेका थियो । प्रहरीका अनुसार बयलगाडीमा लोड गरेर लान तयार पारेको अवस्थामा सालको पाँच टुना काठ बरामद भएको थियो । काठसहित पक्राउ पर्नेमा बेलका नगरपालिका– २ शान्तिनगरका २८ वर्षीय दिपक रिखाम मगर, ३० वर्षीय विश्वनाथ चन्द्रवंशी, ६५ वर्षीय मानबहादुर मगर र ४५ वर्षीय महेन्द्रबहादुर राई थिए ।

उनीहरूलाई प्रहरीले बुझाएलगत्तै वन कार्यालयले छाडेकोे स्थानीयको भनाइ छ । उनीहरुका अनुसार सब डिभिजन वन कार्यालय तपेश्वरीका कर्मचारीहरू रकमको प्रलोभनमा परेर उनीहरूलाई सामुदायिक वनको जिम्मामा लगाएको हो । तर, सब डिभिजन वन कार्यालय तपेश्वरीका सहायक वन अधिकृत विनोदकुमार साहले सामुदायिक वनको विद्यानअनुसार बरामद काठ र मानिसहरू समुहलाईनै जिम्मा लगाएको बताए ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमार थापाले सब डिभिजनबाट बुझि लिएकाहरूलाई समूहको निर्णयअनुसार जरिवाना गरेर छोडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै