१९ फागुन , काठमाडौं । भारत सरकारले युक्रेनमा भारतीय विद्यार्थीलाई बन्धक बनाइएको रुसी दाबीलाई खण्डन गरेको छ ।
युक्रेनी फौजले ‘रक्षाकवचका रूपमा भारतीय नागरिकलाई प्रयोग गरिरहेको’ र उनीहरूलाई रुसी भूभागमा ‘छिर्न रोकिरहेको’ रुसले दावी गरेको थियो । तर, बिहीबार वक्तव्य जारी गर्दै भारतीय विदेश मन्त्रालयले ‘युक्रेनमा भारतीय विद्यार्थीलाई बन्धक बनाइएको कुनै रिपोर्ट नपाएको’ जनाएको छ ।
हजारौँको संख्यामा भारतीय विद्यार्थीहरू अझै खार्किभमा फसेको ठानिएको छ । त्यहाँ रुसी आक्रमणमा परेर मंगलवार एक भारतीय विद्यार्थीको मृत्यु भएको थियो ।
भारतले आफ्ना नागरिकलाई फिर्ता गर्न एउटा अभियान सञ्चालन गरेको भए पनि त्यसमा अवरोध सिर्जना भएको छ ।


