Comments Add Comment

Advertisment

SKIP THIS

अवैध रुपमा लैजान लागेको जापानी येन सहित पक्राउ

१९ फागुन , काठमाडौं । अवैध रूपमा लुकाई छिपाई वाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येन सहित स्याङ्जा मिर्मी गाउँपालिका-६, पालिचौर स्थायी वतन भएका ४८ वर्षीय रेस्म राज भट्टराईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा निजले बोकी ल्याएको झोलाभित्र खाममा राखेको उक्त जापानी येन फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै