Comments Add Comment

Advertisment

SKIP THIS

कालीमाटी प्रहरीद्वारा सालकको आखेटोपहार सहित एक जना पक्राउ

२२ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित सोल्टीदोबाटोबाट संरक्षित वन्यजन्तु सालकको आखेटोपहार सहित एक जना पक्राउ परेका छन् । सालकको आखेटोपहार बाह्र लाखमा बिक्रि गर्न खोजिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटाएका डिएसपी अनिलकुमार घिमिरे सहितको टोलीले सालकको आखेटोपहार जस्तो देखिने वस्तु २ थान र डिजिटल तराजु १ थान सहित उनलाई पक्राउ गरिएको हो ।

No description available.

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नं. ३ घर भई हाल काठमाडौ जिल्ला तारकेश्‍वर नगरपालिका १० नेपालटार बस्दै आएका गोपाल बानियाँ रहेको कालिमाटी प्रहरी वृत्तका डिएसपी अनिलकुमार घिमिरेले बताए ।

डिएसपी घिमिरे अनुसार गोपाल बानियाँ साथबाट सालकको आखेटोपहार जस्तो देखिने वस्तु ०.८६० ग्राम १ थान, सालकको आखेटोपहार जस्तो देखिने वस्तु ०.५२० ग्राम १ थान, डिजिटल तराजु १ थान, मोबाइल फोन १ थान, कालो ब्याग १ थान र झोला १ थान बरामद गरिएको छ ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भईरहेको डिएसपी घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै