Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी

२८ जेठ, काठमाडौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ। हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

‘कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले यही परिस्थितिमा निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको छ,’ पराजुलीले भने।

निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए। निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ।

उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो। यो तीन दिनपछि सकिँदैछ। त्यसको पूर्वसन्ध्यामा छलफलहरू भइरहेको पराजुलीले बताए। ‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ पराजुलीले भने,निषेधाज्ञा लम्ब्याइएको साता कोरोना संक्रमणदर विश्लेषण गरिन्छ।

‘त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइन्छ,’ पराजुलीले भने। जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो। निषेधाज्ञा लम्ब्याउनुको कारणमा भिडभाड नै प्रमुख कारण रहेको पराजुलीले बताए। स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भिडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाई जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०को ठहर छ।

निषेधाज्ञा वा लकडाउन जे भने पछि स्थानीय प्रशासन ऐन अन्तर्गत जारी गरिने गरिएको छ। यसमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र रहन्छ। त्यसमा स्थानीय निकाय, स्वास्थ्यका प्रतिनिधिलगायत सरोकारवालाहरू रहन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment