Comments Add Comment

Advertisment

SKIP THIS

सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ

२६ फागुन , काठमाडौ । बढैयाताल गाउँपालिका-८ शितलाबजारमा सोही गाउँपालिका-८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा रानीघाट नगरपालिका-२० बस्ने २१ वर्षीय राकेश सिह राठौर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उक्त बजारमा लागेको हाटबजारमा तरकारी किन्दै गरेको अवस्थामा २ जना अज्ञात व्यक्तिहरुले महिलाले घाँटीमा लगाएको सिक्री तानेर भागेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शितलाबजारबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धि कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै