Comments Add Comment

Advertisment

SKIP THIS

आयोजना सुरु भएको २२ वर्षपछि सडक कालोपत्र सुरु

२७ फागुन , काठमाडौ । मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८र०५९ बाट सुरु गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको थियो । आयोजनाले पटक–पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको थियो । आफ्नो जग्गा सस्तो बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढी कट्टी गरेको, आयोजना ढिलाइ गरी खर्च बढाएको भन्दै आयोजना छिटो सम्पन्न गर्न उपभोक्ताले पटक–पटक दबाब दिँदै आए पनि आयोजनाले भने पटक–पटक म्याद थप्दै आएको थियो ।

नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आयोजना अलपत्र परेको भन्दै नगरपालिकालाई स्वामित्व दिन काठमाडौं उपत्यका विकास प्राधिकरणमा दबाब दिँदै आएका थिए । नगरप्रमुख श्रेष्ठले भने, “काठमाडौँ उपत्यका विकास प्राधिकरणले गरेका यस्तो जग्गा एकीकरण आयोजना कहिल्यै समयमै सम्पन्न भएको छैन, यहाँ पनि वर्षौँदेखि आयोजनाको म्याद थप गर्दै आएको थियो, हामी नगरपालिकामा आएपछि दुई वर्ष त यसको स्वामित्व लिने प्रयत्नमै लाग्यौँ, स्वामित्व लिएपछि यहाँका धेरै काम अगाडि बढाएका छौँ ।”

आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्दै उनले सडक कालोपत्र सुरु भएकाले अब नरोकिने र आगामी एक वर्षमा सबै सडक कालोपत्र सम्पन्न गरिने बताए । आयोजनाभित्रका चार मिटरका सडकको बीच–बीचमै विद्युत् प्राधिकरणको पोल रहेकाले कालोपत्रमा समस्या गरेपछि आयोजनाले पोल हटाइदिन पटक–पटक प्राधिकरणलाई ताकेता गर्दा पनि अटेर गरेको आयोजनाका प्रमुख सत्यसुन्दर श्रेष्ठले बताए ।

उनले भने, “एकातिर ठेकेदारले समयमै काम सुरु नगर्दा कालोपत्र गर्ने काम ढिलाइ भयो, अर्कातर्फ आयोजनाले निर्माण गरेको चार मिटरको सडकको बीच–बीचमा प्राधिकरणले राखेको विद्युत् पोल हटाउन पनि करोडौँ रुपैयाँ मागेको छ, प्राधिकरणले अर्को समस्या बनाएको छ ।” उनले आयोजनालाई छिट्टै सम्पन्न गर्ने योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment