Comments Add Comment

Advertisment

SKIP THIS

खेलकुद मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट

२७ फागुन , काठमाडौ । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) र गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट भएको हो । उनीहरूबीच पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आवश्यक समन्वय गर्न मन्त्री अथकले मुख्यमन्त्री पोखरेलसँग आग्रह गरे ।

स्थानीय निर्वाचनका कारण आगामी जेठ महिनाको पहिलो साता मात्रै प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था रहेको बताउँदै मन्त्री अथकले सोही डेटलाइनमै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी थाल्न आग्रह गरे ।

जवाफमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न पाउनु गौरवको कुरा भएको बताए । केन्द्र सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले औपचारिक रूपमै तयारी सुरु गर्ने प्रतिबद्धता जनाए ।

भेटमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मी, गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै