झापाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधी बरामद गरेको छ।

इलामबाट झापा आउँदै गरेको मे१च ६८३३ नम्बरको पिकअप गाडीबाट प्रहरीले ६९ लाख ७७ हजार ९४४ रुपैयाँ बराबरको औषधी बरामद गरेको हो।
शुक्रबार साँझ सवा ६ बजे प्रहरीले बुद्धशान्ति गाउँपालिका-४ बुधबारेबाट औषधी बरामद गरेको हो। पिकअपका चालक सूर्योदय नगरपालिका-३ का ३० वर्षीय सइन्द्र राई पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार छुर्पी र घ्यूको बोराले छोपेर प्रतिबन्धित औषधी ल्याइएको थियो।
ती औषधीमा ट्रामाडोल हाइड्रक्लोरिड, जिगोल्ड मेन र उमन सफ्ट जिलेटिन, जिनकोकेट, जिनेग्रालगायत रहेको पाठकले बताए।


