१० चैत , काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सडकमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
बा.९२ प २३१ नम्बरको मोटरसाइकललाई ना.१ ज ६३५४ नम्बरको टाटा सुमोले बुधबार ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक नागार्जुन नगरपालिका-६ बस्ने २८ वर्षीय समिर गिरी र मोटरसाइकलमा सवार कलंकी बस्ने नविन्द्र नाम गरेका थर नखुलेका करिब ३० वर्षीय पुरुष रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



