Comments Add Comment

Advertisment

SKIP THIS

चिनियाँ विदेशमन्त्री पूर्वघोषणा बेगर अफगानिस्तान पुगे

१० चैत , काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी एकाएक अफगानिस्तान पुगेका छन् । इस्लामिक मुलुकहरुको समूह अर्गनाइजेशन अफ इस्लामिक कोअपरेसनको सम्मेलनमा भाग लिन पाकिस्तान गएका उनी पूर्वघोषणा बेगर नै एकाएक अफगानिस्तानको राजधानी काबुल पुगेका हुन् ।

दक्षिण एसियाली मुलुकहरुको भ्रमणमा निस्केका उनको पाकिस्तानपछि भारतको राजधानी नयाँ दिल्ली पुग्ने कार्यक्रम थियो । दिल्ली भ्रमण सकेर उनी नेपाल आउने बताइएको थियो ।

यद्यपि उनले पाकिस्तानमा रहँदा जम्मू कश्मीरका विषयमा विवादित बयान दिएको भन्दै भारतले आलोचना गरेपछि उनी एकाएक काबुल पुगेका हुन् । यस भ्रमणलाई गत वर्षको अगष्ट महिनामा इस्लामिक लडाकु तालिबानले सत्ता कब्जा गरेयता चिनियाँ पक्षबाट अफगानिस्तानमा भएको उच्चस्तरीय भ्रमण रहेको बताइएको छ ।

पाकिस्तानमा रहँदा उनले जम्मू कश्मीरबारे विवादित बयान दिएका थिए । इस्लामिक मुलुकहरुको सम्मेलनमा उनले कश्मीरको मामिलामा चीन इस्लामिक मुलुकहरुको साथ रहेको टिप्पणी गरेका थिए ।

उनको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया जनाएको थियो । जम्मू कश्मीरको विषय भारतको आन्तरिक मामिला भन्दै चीनलाई यसबारे टिप्पणी गर्ने अधिकार नरहेको जनाएको थियो ।

वाङ यीले भारतको पनि भ्रमण गर्ने जनाएपनि यसबारे चिनियाँ र भारतीय पक्षबाट कुनै आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment