११ चैत , काठमाडौं । एनएमबि बैंक गैंडाकोट शाखाले बित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
कञ्चनआमा समुहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजीटल बैंकिङ्गका साथै बैंकको महत्वकाबारेमा प्रकाश पारेका थिए ।
बैंकले सर्बसाधारणलाई बैंकिङ्ग तथा बित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने जनाएको छ ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानितभएको र यसएनएमबि बैंकेले सन् २०१७, २०१८, २०२० र २०२१ मापनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’प्राप्तगरिसकेको छ ।


