Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेन हमलामा १३६ बालबालिका मारिएको दाबी

१२ चैत , काठमाडौं । रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । सामाजिक सञ्जाल टेलिग्राममार्फत् युक्रेनको महान्यायधिवक्ताको कार्यलयले सो जानकारी दिएको हो ।

मारिनेमध्ये ६४ बालबालिका राजधानी किभ क्षेत्रका रहेको बताइएको छ । अरु ५० जना बालबालिका डोनेत्स्क क्षेत्रमा मारिएका हुन् । यसबाहेक अरु १९९ जना बालबालिका घाइते भएका छन् ।

एक महिनाभन्दा लामो समयदेखि युक्रेनविरुद्ध आक्रमण गर्दै आएको रुसी फौजमाथि आवासीय क्षेत्र एवम् गैरसैनिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको आरोप लागिरहेका बेला युक्रेनी पक्षबाट बालबालिकाको हताहतीको विवरण सार्वजनिक भएको हो ।

सैनिक आक्रमणका क्रममा रुसी फौजले मार्च ९ का दिन दक्षिणी युक्रेनको मारिउपोल शहरमा रहेको बाल अस्पताललाई लक्षित गरी हवाई हमला गरेको थियो । उक्त आक्रमणपछि रुसले युक्रेनमा युद्ध अपराध गरेको भन्दै चर्को निन्दा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै