१३ चैत , काठमाडौं । ओखलढुङ्गामा खोलामा डुबेको अवस्थामा एक जना मृत फेला परेका छन् । मानेभञ्ज्याङ गाउँपालिका-९ का २५ वर्षीय ज्ञान प्रसाद पहाडी स्थानीय मोलुङ खोलाको पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका हुन् ।
शनिवार बेलुका ५ बजे घरबाट हिँडेका पहाडीको खोजतलास गर्ने क्रममा साँझ साँढे ६ बजे पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।






