Comments Add Comment

Advertisment

SKIP THIS

रत्ननगरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

१७ चैत , काठमाडौं । रत्ननगर नगरपालिका–९ भानुचोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ वर्षीय निरंजन श्रेष्ठ र पछाडि सवार उनकी ४० बर्सिया श्रीमती निनतारा श्रेष्ठ रहेका छन् ।

वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको श्रेष्ठ दम्पती सवार बागमती प्रदेश ०३–००२प १८९५ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ५ बजे ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका दम्पतीको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालकलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै