Comments Add Comment

Advertisment

SKIP THIS

पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै

२ असार, काठमाडौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि आज नयाँ दिल्ली लगिने भएको छ ।

खनाललाई आज दिउँसो साढे १२ बजे नयाँ दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ । उनको उपचार दिल्लीको एपोलो अस्पतालमा गरिने तय भएको छ ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्। एक हप्ताभन्दा बढी ज्वरो आएपछि खनाल गत सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य परीक्षणमा हेमोग्लोबिनको मात्रा कम भएको पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment