Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से दोहोरो अंकले घट्यो

२१ चैत , काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजारको परिसूचक १५.९४ अंकले घटेर २,४९७.४७ पुगेको हो ।

दिनभर जम्मा २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ सेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँ २ पैसाको कारोबार भएको छ । कारोबार भएका कुल कम्पनीमध्ये १४६ कम्पनीको मूल्य घटेको छ भने जम्मा ३६ कम्पनीको मूल्य बढेको छ। बाँकी १२ कम्पनीको मूल्य स्थिर छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ । सोमबार राष्ट्र उत्थान लघुवित्त संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल लिमिटेडको सेयर भने ९.१२ प्रतिशतले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज इमर्जिङ नेपाल लिमिटेडको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ३९ लाख १५ हजार ५८३ रुपैयाँ ६० पैसाको कारोबार भएको हो । यसपछि, नबिल बैंकको ५ करोड ६७ लाख ८७ हजार ८७६ रुपैयाँ ६० पैसा, सूर्य लाइफ इन्स्योरेन्सको ४ करोड ६३ लाख ४८ हजार ४६ रुपैयाँ ६० पैसा, अरुन भ्याली हाइड्रोपावरको ३ करोड ९१ लाख २ हजार ८८६ रुपैयाँ १० पैसा र एनटिसीको सेयर ३ करोड ६९ लाख ३३ हजार ५९१ रुपैयाँ ४० पैसाको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

नेप्से दोहोरो अङ्कले घट्यो

सुनको मूल्य घट्यो

सुन र चाँदीको भाउ घट्यो

सुनको मूल्य घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुनचाँदीको मूल्य घट्यो

सुनको मूल्य घट्यो

सुन र चाँदीको भाउ घट्यो

नेप्से दोहोरो अङ्कले घट्यो