Comments Add Comment

Advertisment

SKIP THIS

पछिल्लो ८ महिनामा ३ कारोडको सियो नेपाल भित्रियो

२२ चैत , काठमाडौं । आर्थिक वर्षको पछिल्लो ८ महिनामा मात्र नेपालमा तीन करोड रुपैयाँभन्दा बढीको सियो भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्ममा ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको हो ।

क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारबाट नेपालमा सियो ल्याइएको हो ।

अघिल्लो आर्थिक वर्षमा विभिन्न देशबाट २ करोड ५४ लाख ३ हजार रुपैयाँ बराबरको सियो आयात गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै