Comments Add Comment

Advertisment

SKIP THIS

तनहुँमा १३ वर्षीया बालिका बेपत्ता

२३ चैत , काठमाडौं । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छन् ।

सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन्।

बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिए । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै