Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा ओमिक्रोन एक्सई भेरियन्टको सङ्क्रमित फेला

२४ चैत , काठमाडौं । भारतको मुम्बईमा कोरोना भाइरसको ओमिक्रोन एक्सई भेरियन्ट फेला परेको छ ।

भारतमा ओमिक्रोन एक्सईको पहिलो सङ्क्रमित भेटिएको हिजो पुष्टि भएको हो । नयाँ भेरियन्ट एक्सई पहिलो पटक बेलायतमा देखिएको थियो । यो भेरियन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।

ओमिक्रोन एक्सई भेरियन्ट पुष्टि भएका भारतीय नागरिकको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमित महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको स्वास्थ्य अधिकारीलाई उदृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै